नियम २०
निरीक्षण अधिकृतलाई अनुसन्धान, तहकिकात र दायरी सम्बन्धी तालिम दिनु पर्ने

निरीक्षण अधिकृतले पदीय जिम्मेवारी पूरा गर्नु भन्दा अगावै निजलाई ऐन बमोजिमको कसूरको अनुसन्धान तहकिकात प्रक्रियाका सम्बन्धमा व्यवहारिक जानकारी दिनको लागि अनुसन्धान, तहकिकात दायरी विषयको तालीम दिने आवश्यक व्यवस्था मन्त्रायलले गर्नेछ